बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न एक जना पक्राउ

काठमाडाैं | साउन १७, २०८०

बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न एक जना पक्राउ

रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

 

गौर नगरपालिका-३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्। 

 

उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। 


यसरी सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजी गरी अन्सारीलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

 

 

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

थप पढ्नुहोस्